उधोग बाणिज्य संघको परिचय

उधोग बाणिज्य संघको परिचय

Lekhnath Chamber of Commerce and Industry Lekhnath Chamber of Commerce and Industry

लेखनाथ नगरपालिका र आसपासका गा.वि.स का उद्दमी, व्यवसायीहरुको हक हितको संरक्षण र सम्वद्र्धन गर्ने, नगरको सामाजिक, आर्थिक र पर्यटकिय तथा व्यवसायिक विकास गर्ने उद्देश्यले अभिप्रेरित भई लेखनाथनगरपालिकाको गठन सगंसगैं लेखनाथ उधोग वाणिज्य सघंको पनि स्थापना भएको हो। यस संघको स्थापनावि.सं २०५४ साल असार २० गते ८० जना सदस्यहरुको सक्रिय सहभागितामा लेखनाथ नगरपालिका वडा नं५ विजयपुरमा स्थापना भएको हो। लेखनाथ नगरपालिकाको अग्रणी संस्थाको रुपमा स्थापित यस संघले स्थापनाकाल देखीनै आफ्ना उद्देश्य परिपुर्तिका लागी प्रयत्नशिल रहदै आएको छ भने समयानुकुल आफ्ना सेवा तथा क्रियाकलापहरुलाई विस्तार गर्दै निरन्तर रुपमा अगाडि बढ्दै आईरहेको छ। लेखनाथको समग्र आर्थिक तथा सामाजिक विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा जोड दिदैं लेखनाथ नगरपालिकालाईूसात तालको बगैचा सहरूको रुपमा विकास गर्न साथै स्थानिय तथा राष्टिय स्तरामा पहल तथा विभिन्नकृयाकलाप संचालन गदै आएको यस संघले पछि लेखनाथ नगरपालिका वडा नं १ भण्डाढिकमा आफ्नो भवनबाटैसेवा तथा सुबिधा प्रदान गदै आईरहेको छ। नेपाल उधोग बाणिज्य महासंघको बगिकरणमा ूकू स्तरमा रहन सफलभएको यस सस्थां आ.व. २०६६र०६७ देखि आई.एस.ओ ९००१ः२००८ प्रमाणपत्र लिन सफल भएको सस्थां हो। लेखनाथ उधोग वाणिज्य संघको कार्य क्षेत्र लेखनाथ नगरपालिका र परिसरका गा.वि.सहरु रहेका छन्।

© Copyright Lekhnath Chamber of Commerce and Industry 2017