There are total 10 post.

लेखनाथ उद्योग वाणिज्य संघको १९ औं स्थापना दिवश मनायो


उपभोक्ता कमजोर हुदा निजी क्षेत्र कमजोर हुन्छ ः क्षेत्रिय प्रशाशक थपलिया

पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक दिनेश कुमार थपलियाले उपभोक्ता कमजोर हुदा निजी क्षेत्र कमजोर हुने धारणा राखेका छन ।
लेखनाथ उद्योग वाणिज्य संघको १९ औं स्थापना दिवश तथा वार्षिकोत्सव समारोहमा वोल्दै थपलियाले निजि क्षेत्रले उत्पादन गर्ने उपभोग्य वस्तुमा उपभोक्ताको खरिद गर्ने क्षमता कमजोर भयो भने उत्पादन गर्ने निजी क्षेत्रपनि कमजोर हुने भनाई राखेका थिए ।
राष्ट्रको विकासका लािग निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेकाले अव आउने संविधानमा लगानी मैत्रीका विषयहरु समेटीनु पर्दछ उनको सुझाव थियो ।
देश निर्माणका लागि संका होईन उपयुक्त विश्वासको वातावरण सृजना गर्दै व्यापार मुखी अर्थतन्त्रलाई होईन देश निर्माण र देशको अर्थतन्त्रलाई वलियो वनाउनु पर्छ उनको धारणा थियो ।
सोही नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सवै मिलेर नेपाल वनाउने अभियानमा लागौ देश संकटमा परे पनि पर्यटन विकास लगायत स्वदेशी उत्पादनलाई वढवा दिनु पर्दछ उनको भनाई थियो । 
पश्चिमाञ्चल ईन्जीनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा.दिपक थापा र भूगोलविद प्रा. डा. कृष्ण के.सीले भूकम्प सम्वन्धी कार्यपत्र प्रस्तूत गर्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  महिलाहरुको प्रतिनिधीत्व गर्दै विन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउत लगायतले शूभकामना व्यक्त गर्दै समग्र पोखरा उपत्यकाको विकासका लागि पोखरा र लेखनाथ नगर क्षेत्रको गुरु योजना वनाएर अगाडी वढनुपर्ने विचार राखेका थिए ।
कार्यक्रमको संचालन लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकाल र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गर्नुभएको थियो ।
सोही अवशरमा संघले ४० लाख लागतमा निर्माण गरेका अत्याधुनिक सुविधा सम्पन्न नवनिर्मित सभाकक्षको उद्घाटन गरिएको थियो ।
सोही कार्यक्रमा सरसफाई तथा वातावरणको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भनी लेखनाथ नगरपालिका वडा नं ११, निवाशी कृष्णप्रसाद  ढुङाना र संघको संस्थागत विकाशका लागि अत्यन्त निष्ठापुर्वक सेवा गरेको भनी कर्मचारी कृष्णराज पौडेललाई सम्मान गरिएको थियो ।  

Read More

लेखनाथ उद्योग वाणिज्य संघद्धारा ईलाम उद्योग वाणिज्य संघलाई स्वागत - लेखनाथ ६, असार

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको ईलाम उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रमको आयोजना गर्यो ।
 
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा ईलाम उद्योग वाणिज्य संघका अध्यक्ष शुशिला सापकोटाले भ्रमणको उद्देश्य र संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो ।
 
कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष त्रिपाठीले आफ्नो संघका गतिविधिहरु, संघका आयआर्जन, मेला महोत्सव लगायत संघले खेलेको भुमिकाका वारेमा चर्चा गर्नु भएको थियो ।
पचभैया होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले होम स्टेका वारेमा जानकारी गराउनुभएको थियो ।
संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, मेला महोत्सव, एक गाउ एक उत्पादन कार्यक्रम, स्थानिय विकास कार्यक्रम, लगायत विभिन्न कार्यक्रम उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा केन्द्रित भई भ्रमण टोलिका सदस्यहरुले राखेका विभिन्न जिज्ञासाहरुको वारेमा दुवै संघवाट छलफल भएको थियो ।
 
लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरतकुमार अधिकारीले संचालन गर्नु भएको सो कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष कृष्णहरी भण्डारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै आगामी दिनमा यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ सुमधुर हुदै जाने वताउनु भयो ।
Read More

लेखनाथ उद्योग वाणिज्य संघद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण

लेखनाथ उद्योग वाणिज्य संघद्धारा लेखनाथ नगरपालिका वडा नं १८, चवादीका भुकम्प पिडितहरुका लागि राहात स्वरुप त्रिपल वितरण सोमवार सम्पन्न भयो ।
बैैशाख १२ गते गएको महाभुकम्पबाट पुर्णरुपमा घर क्षती भएका ५८ परिवारलाई उक्त राहात सामाग्री वितरण गरिएको हो ।
टोलीले क्षती भएको स्थानका भुकम्प पिडित परिवारलाई सान्त्वना तथा राहत हस्तान्तरण गरेको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, नेपाली काग्रेश नगर सभापती राजेन्द्रमणी लामिछाने, ने.क.पा.एमाले नगर अध्यक्ष मोहन वहादुर गुरुङ, ए.ने.क.पा.माओवादी नगर अध्यक्ष विनय थापा, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, उपमाहसचिव भरतकुमार अधिकारी, हंशपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज गंगावहादुर थापा लगायतका व्यक्तीहरुले राष्ट्रिय विपत परेका वेलामा संयमीत भएर विपतमा परेकालाई सहयोग गर्न अनुरोध गर्दै पिडित परिवारलाई राहत स्वरुप त्रिपाल हस्तान्तरण गरिएको  थियो ।
सोही कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले लेखनाथ १८ चवादीकै वढि पिडित सेती खत्रीलाई नगद दूई हजार साथै लेखनाथ नगरपालिकाका ईन्जीनियर जगन्नाथ कोईरालाले नन्दीकुमारी खत्री नगद रु दुई हजार व्यक्तिगत रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
Read More

एक महिने सेक्यूरिटी गार्ड तालिम सम्पन्न

लेखनाथ उद्योग वाणिज्य सघ, व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र कास्की सेक्यूरिटी प्रा.लि.को संयुक्त आयोजनामा सेक्यूरिटी गार्ड सम्वन्धि तालिम विहिवार सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा अध्यक्ष गिरीले सेक्युरिटी गार्डको माग विश्व बजारमा अत्याधिक भएको र यस तालिमको माध्यमबाट युवाहरुले स्वदेशी र विदेशी दुवैमा रोजगारीको राम्रो अवशर रहेको बताउनु भएको थियो ।

देशको विकासको भरोसाको केन्द्र युवा वर्ग भएकाले वताउनुहुदैं अध्यक्ष गिरीले यस तालिमले युवाहरुलाई अनुशासित बनाउन, व्यक्ति स्वयंको आचारण र व्यवहारमा पनि निखारता ल्याउन मद्दत पुगेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै सिप विकास तालिम केन्द्रका केन्द्र प्रमुख तिलक रिजालले देशको ठुलो शक्ति बेरोजगारको चपेतामा परेकाले यस तालिमले रोजगारी दिन मद्दत गर्ने र युवा शक्तिलाई कुलतमा नफसी राम्रो आचरण सिकाउन पनि यस तालिम सफल भएको बताउनुहुदै आफूले सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गितादेवि सुवेदी, कास्की सेक्युरिटी सर्भिस प्रा.लिका प्रमुख गंगालाल पाण्डे , प्रशिक्षक तिर्थलाल श्रेष्ठ लगायतका महानुभावले तालिममा सिकेका कुरालाई आफ्नो व्यवहारमा उतार्न अनुरोध गर्नुभएको थियो । त्यसै गरि सहभागिको तर्फवाट महादेव गुरुङ र सुस्मा गुरुङले तालिमले आफुहरुमा निखारता ल्याएको र आत्मविश्वास बढेको धारणा राख्नुभएको थियो ।

संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संघका महासचिव वलराम ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो । एक महिना सम्म संचालन भएको कार्यक्रममा लेखनाथ नगरपालिका भित्रका ४४ जना युवाहरुको सहभागिता रहेको थियो ।
Read More

लेखनाथ उद्योग वाणिज्य संघद्धारा भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय

लेखनाथ उद्योग वाणिज्य संघको सोमवार वसेको कार्यसमिति वैठकले भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यसमिति वैठकले यही वैशाख १२ गते दिनको ११ः५६ वजे भएको भुकम्पवाट ज्यान गुमाउनुहुने प्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तव्ध परिवारमा समवेदना प्रकट गर्दै, भुकम्पवाट घाईतेहुनेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे सवैलाई आ आफ्नो स्थानवाट सहयोग गर्न आगह गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघको सोमवार वसेको २० औ कार्यसमितिको वैठकले रु १ लाख २५ हजारको राहात सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।
Read More

वैठक संचालन विधि तालिम सम्पन्न

लेखनाथ उद्योग वाणिज्य सघको आयोजनामा एक दिने वैठक संचालन विधि तालिम शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।

लेखनाथमा रहेका पन्ध्र वटा टोल विकास संस्था, आमा तथा महिला समुह र वजार व्यवस्थापन समिति, वस्तुगत संघका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई उक्त तालिम दिईएको हो ।

संघ संस्थामा संचालन गरिने वैठकहरुलाई व्यवस्थीत गर्न र समय व्यवस्थापनहोस भन्ने हेतुले उक्त तालिम दिईएको कार्यसमिति सदस्य एवं प्रशिक्षक ऋषीराम जमरकट्टेलले वताउनुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव वलराम ढकाल, कार्यसमिति सदस्य गोपीचन्द्र वास्तोला लगायतले सहभागिले सिकेका कुरालाई व्यवहारमा उतार्नका लागि अनुरोध गनुभएको थियो ।
उत्तः तालिममा टोल विकास संस्था, आमा तथा महिला समुह र वजार व्यवस्थापन समितिका ४४ जनाको सहभागिता रहेको थियो ।
Read More

लेखनाथ महोत्सवको हिसाव सार्वजनीक

लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको एघारौं संस्करणको लेखनाथ महोत्सवबाट ४१ लाख ७३ हजार २ सय ३ रुपैया बचत भएको छ । दशौं संस्करणसम्मका महोत्सवमा भन्दा यसपाली सर्वाधिक बढी रकम बचत भएको हो ।
महोत्सवमा एक करोड १० लाख ५२ हजार ५१ रुपैया आम्दानी भएकोमा ६८ लाख ७८ हजार ८ सय ४८ रुपैया खर्च भएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
मंसिर १८ गते देखी २९ गतेसम्म लेखनाथको प्रस्तावित रंगशाला भण्डारढिकमा आयोजना गरिएको महोत्सवको आम्दानी मध्ये २५ लाख रुपैया संघको कार्यालय भवनमा एक सुविधासम्पन्न सेमिनारहल निर्माणमा खर्च गरिने संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक बाबुराम गिरीले जानकारी दिनु भयो ।
यसैगरी महोत्सवस्थल प्रस्तावित रंगशालालाई स्थायी प्रदर्शनी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले संरक्षण एवं पर्खाल निर्माणका लागि ६ लाख रुपैया विनियोजन गरिएको छ । आदर्श युवा क्लवको अगुवाईमा रंगशालाको सुधार कार्य भैरहेको छ ।
महोत्सवबाट भएको आम्दानी बाटै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न गतिविधि संचालन गर्न ८ लाख रुपैया खर्च गरिने कोषाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनु भयो । महोत्सवमा खर्चमा मितव्ययीता अपनाइएका कारण आम्दानीमा बृद्धि भएको आत्रेले बताउनु भयो ।
महोत्सवबाट भएको आयको कर तिर्न संघले लेखनाथ महोत्सवका नाउँमा स्थायी लेखा नम्बर लिएर ५३ हजार रुपैया मध्ये १४ हजार रुपैया लेखनाथ नगरपालिका र बाँकी रकम आन्तरिक राजश्व कार्यालय पोखरामा दाखिला गरिएको संघका महासचिव बलराम ढकालले जानकारी दिनु भयो ।
संघका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको महोत्सवको आय व्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले महोत्सवलाई परिमार्जन गरी अघि वढाउन सुझाव दिएका थिए । उनिहरुले महोत्सवको विकल्प नभएकोमा जोड दिदै, त्यसलाई व्यवस्थित र आधुनिक तवरले संचालन गर्न आग्रह गरे ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेम नारायण न्यौपाने लगायतले अन्यत्रका महोत्सव भन्दा लेखनाथको महोत्सव सफल भएको पुष्टि राम्रो आम्दानीले गरेको बताएका थिए । संघले १२ औं संस्करणको महोत्सव आगामी मंसिरको अन्तिम साता गर्ने तयारी गरेको छ ।
Read More

लेखनाथ उद्योग वाणिज्य संघका महिला उद्यमी अध्ययन अवलोकन भ्रमणमा ः

उद्योग वाणिज्य संघका महिला उद्यमीले गरेका गतिविधि अवलोकन गर्नकालागि महिला उद्यामी संयोजक गिता सुवेदीको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य संघका २५ सदस्यीय महिला उद्यमीको टालि आज दिन गोरखा उद्योग वाणिज्य संघमा पुगेको छ । गोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोसी को अध्यक्षतामा भएको स्वगात कार्यक्रममा गोरखा उवा संघकी महिला उद्यमी देवु माक्के ले आफ्ना गतिविधि र गोरखामा भएका सिपहरुको जानकारी गराउनु भएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी त्रिपाठीले भ्रमण उद्देश्य वारे जानकारी तथा संयोजक गिता सुवेदीले लेखनाथमा भएका महिला उद्यमीका क्रियाकलापका वारेमा जानकारी गराउनु भएको उक्त कार्यक्रममा गोरखा उद्योग वाणज्य संघका प्रथम उपाध्यक्ष जिवन ज्योती श्रेष्ठ ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त भ्रमण टोलीले आइतवार गोरखा उद्योग वाणिज्य संघका महिला उद्यमीले गरेका गतिविधीको अध्यया अवलोकन गर्ने छन, भने सोमवार रत्ननगर र मकवानपुर उद्योग वाणिज्य संघको अवलोकन गर्ने छन ।
उक्त भ्रमण टोलिमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कार्यसमिति सदस्य प्रशान्तराज धमला संघकी सहायक अधिकृत पवित्रा श्रेष्ठ, महिला उद्योगी व्यवसायीहरु, पत्रकार को सहभागिता रहेको छ ।
Read More

विकासमा सकरात्मक प्रतिस्पर्धाले राम्रो प्रतिफल आउदछ प्रशाशक थपलिया

पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक दिनेश कुमार थपलियाले विकासको सकरात्मक प्रतिसप्रर्धाले रामो प्रतिफल आउने धारणा राखेका छन ।

लेखनाथ उद्योग वाणिज्य संघले सोमवार पोखरा उपत्यकाको वृहत्तर विकासका लागि राखेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रशाशक थपलियाले विकास प्रतिको चाहना नै राम्रो पक्ष हो जसका लागि सझेदारी र सहकार्यता आवश्यकता छ उहांको भनाई थियो ।

विकास र शान्ति सुरक्षालाई सगसगै लैजानु पर्छ जसका लागि प्रशाशनिक तवरले सुरक्षा दिन आफुहरु तयार रहेको कुरा वताउदै समग्र पोखरा उपत्यकाको वृहत्तर हित हुने योजना ल्याउनका लागि सहभागिहरुलाई प्रशाशक थपलियाको आग्रह थियो ।

यस क्षेत्रको विकासका लागि कोही कसैले विवाद सृजना गरेपनि यही फागुन मसान्त भित्रमा अन्तराष्ट्रिय विमान स्थलको सिलन्यास हुने चैत्र मसान्त भित्रमा टेण्डर आव्हान गरि वैशाख देखी निर्माण कार्य शूरु हुने वताउनुभयो ।

सोही अवसरमा वोल्दै पश्चिमाञ्चल प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठले शान्ति सुरक्षा विना उद्योग कलकारखानाको पनि विकास हुन नसक्नेमा जोड दिदै व्यवसायीक सुरक्षाको हितका लागि प्रशाशनिक तवरले शान्ति सुरक्षा दिन आफुहरु तयार रहेको कुरा वताए ।

कार्यक्रममा लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथको विकासको लागि कुरा मात्र होईन काम गरेर देखाउने समय आएको छ जहां सामुहिक एकता र सहकार्य चाहिन्छ उनको भनाई थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै  अध्यक्ष गिरीले समग्र पोखरा उपत्यकाको विकाका लागि लेखनाथ १३ मा पोखरा राष्ट्रिय बस टर्मिनल निर्माण र लेखनाथ ११ पचभैयामा व्यवस्थीत चिडिया घर निर्माणको कार्य तिव्र्र रुपमा अगाडी वढेको हुदा यसलाई निरन्तरता दिनका लागि आग्रह गर्नूभयो । 

सं्रघका महासचिव वलराम ढकालले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा हालै सेवाको क्रममा सरुवा भई पोखरामा आउनुभएका सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरुको स्वागत समेत गरिएको थियो ।
Read More

३ महिने बुटिक डिजाईनिङ शिप विकास तालिम सम्पन्न

लेखनाथ उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय, कास्कीको संयुक्त आयोजनामा संचालित तिन महिने बुटिक डिजाइनिङ शिप विकास तालिमको एक भव्य समारोह विच समापन गरिएकोे छ ।
 
कार्यक्रमका प्रमुख अतिथि एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले तालिमका सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुदैं सवै सहभागीहरुले स्वयं आत्मनिर्भर हुन रं सवैले सिकेको कुरालाई व्यवहारमा उतारी व्यवसायी वन्नका लागि आग्रह गर्नुभएको थियो ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले सवैलाई व्यवसायीक तर्फ उन्मुख हुन र आफ्नो शिपको माध्ययमबाट आयआर्जन गर्न यस तालिम फलदायी हुने विश्वास राख्नुहुदैं सवैलाई शुभकामना दिनुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघकी महिला उद्यमी विकास उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गितादेवी सुवेदीको अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा प्रगतिशिल महिला समुहकी अध्यक्ष इन्दिरा तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाली कांग्रेस नगर उपसभापति डम्बर वहादुर थापा, नेकपा एमालेका अध्यक्ष मोहन गुरुङ, जिविस उपसमिति महिला उपाध्यक्ष तारादेवी अधिकारी, नेपाली काग्रेस वडा सचिव गजेन्द्र च्वाई, लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मेनुका श्रेष्ठ, सम्झौता आमा समुहकी अध्यक्ष पार्वती आचार्य लगायतले यस किसिमका आयमुलक र शिपमुलक तालिमबाट महिला दिदी वहिनीले आफ्नो आत्मविश्वास बढाउदै जानुपर्नेे र यसबाट आफ्नो क्षेत्रमा अगाडि बढ्न सहज हुने हुदां तालिमका प्रमाणपत्र भित्ताहरुमा मात्र सिमित नरही, सवैलाई उद्यमी बनि परिवार तथा देशलाई नै आयश्रोतको हिसावबाट अगाडि बढाउनसहभागीहरुलाई शुभकामना दिनुभएको थियो ।

लेखनाथ नगरपालिका वडा नं १२ का आठ महिला समुह तथा टोलिविकास समितिका गरि जम्मा २६ जना सहभागिहरुले साडी, बुलज, सल, व्याग, कुर्ता आदिमा हातको आधुनिक बुटिक डिजाईनिङ तथा कडाई गरेका थिए । उक्त अवसरमा तालिम प्रशिक्षणका लागि आफ्नो भवन तिन महिनासम्म निशुल्क उपलव्ध गराई सहयोग गर्ने मिलनशिल आमा समुह लेनपा १२  लाई विशेष धन्यवाद दिईएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुको तर्फबाट ज्योति श्रेष्ठले तालिम अति फलदायि भएको कुरा बताउनुभएको थियो भने प्रशिक्षक गिता रेग्मीले सम्पूर्ण सहभागिले लगनशिल र एक चित्त भई तालिम लिएको वताउनुहुदैं सवैलाई उद्यमी बन्न आग्रह गर्नुभएको थियो ।

नारी विकास आमा समुहकी निवर्तमान अध्यक्ष जानुका अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा उत्कृष्ट प्रशिक्षाथी पुष्पा क्षेत्री, रिता तिलिजा र ज्योति श्रेष्ठलाई सम्मान गरिएको थियो भने समापन कार्यक्रमका दिन नै १०० पिस बुटिक व्यागको अडर आएकाले सहभागी सवै उत्साहित भएका थिए ।

Read More

© Copyright Lekhnath Chamber of Commerce and Industry 2017