लेखनाथ,९ चैत । विश्व व्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभित –१९) को कारणबाट देखिएको विषम परिस्थीतीलाई मध्यनजर राख्दै लेखनाथ उद्योग बाणिज्य संघको आईतवार वसेको पदाधिकारी, पुर्व अध्यक्षहरु र सल्लाहकार समेतको संयुक्त बैठकले आम जनसमुदायमा नआत्तिन र हल्लाको पछाडी नलागी स्वयंम आफ्नो सुरक्षाका विभिन्न उपायहरु अपनायर संयमित भई सहज रुपमा ब्यापार व्यवसायमा लाग्न अनुरोध गरेको छ । कोरोना भाईरस कै कारण ब्यवसायमा पर्न गएको असरले बैंकको व्याज तथा किस्ता भुक्तानी, घर भाडा भुक्तानी लगायतका आर्थिक गतिविधि गर्न कठिनाई भएको परिस्थितिमा नेपाल सरकार समक्ष बैक तथा विक्तिय संस्थाको ब्याज तथा किस्तालाई केही महिना पछाडी सार्न पनि अनुरोध गर्ने निर्णय गरिएको छ । साथै यस क्षेत्रमा क्रियाशिल उद्योगी व्यवसायीहरुको हक हितको सवालमा जस्तो सुकै विषम परिस्थीतीमा पनि लेखनाथ उद्योग वाणिज्य संघ सवैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।