लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ ।
संघको आईतबार बसेको वैठकले यस वर्ष आयोजना हुने महोत्सवको मिति तय गर्दै अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा मुल आयोजक समिति समेत गठन गरेको हो ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष आत्रेयले बताउनु भएको छ।
विश्वभर फैलीएको कोराना महामारीको प्रभाव नेपालमा कम भईसकेको अवस्थामा महामारीका कारण प्रभावित स्थानीय व्यवसायीहरुको पुनरुत्थानमा महोत्सवले सकारात्मक भुमिका खेल्ने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिनु भएको छ
संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनु भएको छ । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उहाले बताउनु भयो ।