Press Release

There are total 3 post.

पे्रश विज्ञप्ती २०७१÷०५÷०५



नेपाल सरकारको २०७१ असार १६ गतेको निर्णयवाट देशभर लागुहुने गरि विभिन्न नदिनाला तथा खानीहरुबाट गिट्टी, बालुवा, ढुङा जस्ता निर्माणमा प्रयोग हुने सामाग्रीहरु उत्खनन तथा विक्रि वितरणमा प्रतिवन्ध लगाईएको घटनाबाट पूर्वाधार निर्माण कार्यमा अत्यन्त प्रतिकुल प्रभाव परेको छ । सरकारी तथा निजी निर्माण कार्यहरु बन्द भएका छन् । यस क्षेत्रमा आश्रित श्रम, सवारी साधन, व्यापार व्यवसाय, उद्योगधन्दाहरु ठप्प भएका छन् । त्यसकारण उपयुक्त विकल्पको व्यवस्था नभएसम्म सरकारबाट भएको उक्त निर्णय तत्काल फिर्ता लिई परिस्थीति सहज बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

Read More

प्रेस विज्ञप्ती २०७१ मंसिर १६ गते



प्रेस विज्ञप्ती
२०७१ मंसिर १६ गते

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संंघ संस्थाको सहयोग र व्यवसायीक प्रतिष्ठानहरुको सहभागितामा वि.सं २०६१ साल देखि निरन्तर रुपमा लेखनाथ महोत्सवको आयोजना गर्दै आईरहेका छौ । लेखनाथ महोत्सवले स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु एवं नयां प्रविधि तथा सिपको प्रदर्शनी, हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण एवं दर्शकहरुको मनोरञ्जनका लागि विशेष कार्यक्रमहरुको आयोजना गर्दै आईरहेका छौं ।

यस महोत्सवमा मुलुकका विभिन्न जिल्लाहरुमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्र्धन साथै सोको पहिचान गर्ने, विभिन्न प्रविधिलाई थप टेवा पुर्याउने, कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा बिदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषि जन्य, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने साथै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर यहि २०७१ मंसिर १८ देखि २९ गते सम्म एघारौं लेखनाथ महोत्सव २०७१ लेखनाथ नगरपालिका वडा नं. १, भण्डारढिक प्रस्तावित रंगशालामा आयोजना गर्न लागेका छौं ।  

लेखनाथ उद्योग वाणिज्य संघ र  नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा लेखनाथ नगरपािलका कार्यालय, नेपाल सरकार, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र पशु उत्पादन निर्देशनालयको सह(आयोजना रहने यस महोत्सवमा सिद्धार्थ सिमेन्ट उद्योग मुख्य प्रायोजक साथै जगदम्वा सिमेन्ट ई.प्रा.लि.सहप्रायोजकको रुपमा रहको छ । त्यसै गरीे विशेष सहयोगी संघ संस्थाहरुमा जनप्रकाश उच्च मा.वि., आदर्श युवा क्लव र लेखनाथ हाडवयर एशोशियसन लेखनाथ रहेका छन भने सहयोगी संघ संंस्थामा लेखनाथमा रहेका युवा क्लव, आमा तथा महिला समुहहरु, टोलविकास संस्थाहरु रहेका छन । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । अनलाईन पाटनरमा धधध।दष्नलभधक।अयm।लउ र अष्तथयाठबिपभक।अयm रहेका छन । अफिसियल मिडियामा सगरमाथा टेलिभिजन, गण्डकी टेलिभिजन र फेवा टेलिभिजन रहेका छन ।
 
यस महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, रहेका छन भने थप आकर्षणमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् । 

विगतका महोत्सवमा सर्वाधिक लोक प्रिय कार्यक्रम गण्डकी तारा अन्तरगत स्तरिय राष्ट्रिय कलाकारहरु जन्माउन सफल यस महोत्सवले यस वर्ष पनि स्थानीय प्रतिभाको खोजी अन्तरगत गायन विधामा  गण्डकी तारा लाई निरन्तरता दिएका छौं ।

विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता संचालन गर्दै आएको यस महोत्सवले यस वर्ष देखी नृत्य, अभिनय र गायन विद्याका प्रतिभाहरुको पनि कदर गर्ने उदेश्यले विद्यालय स्तरिय ऋजष्मि त्बभिलत क्जयध प्रतियोगिता संचलन गर्ने कार्यक्रम तय गरेका छौं ।

त्यसैगरी यस वर्ष पनि कवि शिरोमणी लेखनाथको पवित्र जन्म भुमी सात तालको वगैचा शहर लेखनाथमा  कविता प्रतियोगितालाई निरन्तरता दिएका छौं ।

यस लेखनाथ महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहन दिनका लागि लेखनाथ पेभेलियनमा लेखनाथ भित्र रहेका उद्योग तथा व्यवसायहरुवाट उत्पादित वस्तु तथा सर सामानलाई एउटै क्षेत्रमा राखी लेखनाथको व्यवसाय प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उदेश्य रहेको र उक्त वस्तु तथा सरसामानले दर्शक प्रर्दशकलाई अनुभव आदानप्रदान गर्नका लागि वढि भन्दा वढि फाईदा हुने अपेक्षा गरेका छौं । सूचना प्रबिधिका सामानहरु जस्तै मोवाईल, टेलिभिजन तथा कम्प्यूटरका समाग्रीहरु एक क्षेत्रमा डोम भित्र राखी खरिद विक्रि गर्ने प्रवन्ध मिलाईएको छ ।

यस महोत्सवमा रहने स्टलहरुमा कृषि उत्पादनलाई प्राथमिकता दिईएको छ । कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट आदि गरि जम्मा तिन सय स्टल रहने छन् । 

महोत्सवको प्रवेश टिकट रु ५० र विद्यार्थीका लागि रु ३० रहेको छ । साथै यस वर्ष विगतका महोत्सवको अनुभवलाई अनुसरण गर्दै सम्पुर्ण जनमानसको भावनाको कदर गर्दै स्टल सहभागि प्रदर्शक, कार्यसम्पादन समिति, उपसमिति संयोजक, प्रायोजक वहेक अन्य कसैलाई पासको व्यवस्था गरिएको छैन । यस वर्ष वृद्धा वुवा आमा, अपाङ्ग र एकल महिलाको सम्मानका लागि नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा प्रवेश निशुल्क गर्ने व्यवस्था मिलाएका छौं । यी वाहेक अन्यका लागि सहज होस भन्ने हेतुले रु दुई सयमा प्रवेश पास किन्ने प्रवन्ध मिलाईएको छ यसको सम्पुर्ण जिम्मेवारी लेखनाथ सामुदायिक सेवा केन्द्रलाई दिईएको पनि यस अवशरमा जानकारी गराउन चाहन्छौं ।

सामाजिक उत्तरदायित्व वहन गर्नका लागि महोत्सव स्थल लेखनाथ १ भण्डारढिकको प्रस्तावित रंङशालालाई जग्गा व्यवस्थापनमा सहजीकरण हुने गरि सम्वन्धीत निकायहरुसंग समन्वय गरेर पक्की कम्पाउण्डीङ्गको काम शुरुवात गरिएको छ यसलाई निरन्तरता दिने छौं । 

महोत्सवका सम्पूर्ण तयारी पुरा भएको छ भने महोत्सवको समुद्घाटन मंसिर १८ गते विहान ११ वजे नेपाल राष्ट्र वैंक का गर्भनर डा.युवराज खतिवडाज्यूवाट हुने र उद्घाटनको दिनमा महोत्सवको अफिसियल मिडिया सगरमाथा टेलिभिजनद्धारा प्रतक्ष्य प्रशारणको व्यवस्था मिलाईएको पनि यसै अवसरमा यहांहरु समक्ष जानकारी गराउन चाहान्छौं ।

अन्तमाः लेखनाथ महोत्सव सफल पार्न संचार माध्यम, पत्रकार, नागरिक समाज, बुद्धिजिवि, उद्योगी व्यवसायी, राजनैतिक पार्टीहरु, शैक्षिक संघसंस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैह्र सरकारी सघ, संस्थाहरु, महिला समुह, युवा क्लव एवं स्थानिय सामाजिक संघ संस्था, कलाकार तथा कला संस्कृतिसंग सम्वन्धित संघ संस्था लगायत सम्पुर्ण महानुभावहरु तथा शुभेच्छुक सम्र्पुणमा विगतका महोत्सवमा पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दै यस महोत्सवमा पनि विगतको जस्तै सहयोगको अपेक्षा गर्दछौं । 

सहयोगका लागि धन्यवाद ।                              
                                                                                  भरतकुमार अधिकारी
                                                                                      संयोजक 
                                                                                 प्रचार प्रसार उपसमिति

Read More

प्रेस विज्ञप्ती २०७१ कात्र्तिक २६ गते





यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संंघ संस्थाको सहयोग र व्यवसायीक प्रतिष्ठानहरुको सहभागितामा वि.सं २०६१ साल देखि निरन्तर रुपमा लेखनाथ महोत्सवको आयोजना गर्दै आईरहेका छौ । लेखनाथ महोत्सवले स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु एवं नयां प्रविधि तथा सिपको प्रदर्शनी, हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण एवं दर्शकहरुको मनोरञ्जनका लागि छुट्टै खालको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेका छौं ।

यस महोत्सवमा मुलुकका विभिन्न जिल्लाहरुमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्र्धन साथै सोको पहिचान गर्ने, विभिन्न प्रविधिलाई थप टेवा पुर्याउने, कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा बिदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषि जन्य, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने साथै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर यहि २०७१ मंसिर १८ देखि २९ गते सम्म एघारौं लेखनाथ महोत्सव २०७१ लेखनाथ नगरपालिका वडा नं. १, भण्डारढिक प्रस्तावित रंगशालामा आयोजना गर्न लागेका छौं ।  

लेखनाथ उद्योग वाणिज्य संघ र  नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा लेखनाथ नगरपािलका कार्यालय, नेपाल सरकार, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र पशु उत्पादन निर्देशनालयको सह(आयोजना रहने यस महोत्सवमा सिद्धार्थ सिमेन्ट उद्योग मुख्य प्रायोजक साथै जगदम्वा सिमेन्ट ई.प्रा.लि.सहप्रायोजकको रुपमा रहको छ । त्यसै गरीे विशेष सहयोगी संघ संस्थाहरुमा जनप्रकाश उच्च मा.वि., आदर्श युवा क्लव र लेखनाथ हाडवयर एशोशियसन लेखनाथ रहेका छन भने सहयोगी संघ संंस्थामा लेखनाथमा रहेका युवा क्लव, आमा तथा महिला समुहहरु, टोलविकास संस्थाहरु रहेका छन । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । अनलाईन पाटनरमा www.bignews.com.np र cityof7lakes.com.np  रहेका छन । अफिसियल मिडियामा सगरमाथा टेलिभिजन, गण्डकी टेलिभिजन र फेवा टेलिभिजन रहेका छन ।
 
यस महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, रहेका छन भने थप आकर्षणमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् । 

विगतका महोत्सवमा सर्वाधिक लोक प्रिय  कार्यक्रम गण्डकी तारा अन्तरगत स्तरिय राष्ट्रिय कलाकारहरु जन्माउन सफल यस महोत्सवले यस वर्ष पनि स्थानीय प्रतिभाको खोजी अन्तरगत गायन विधामा  गण्डकी तारा लाई निरन्तरता दिएका छौं ।

विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता संचालन गर्दै आएको यस महोत्सवले यस वर्ष देखी नृत्य, अभिनय र गायन विद्याका प्रतिभाहरुको पनि कदर गर्ने उदेश्यले विद्यालय स्तरिय Child Talent Show  प्रतियोगिता संचलन गर्ने कार्यक्रम तय गरेका छौं ।

त्यसैगरी यस वर्ष पनि कवि शिरोमणी लेखनाथको पवित्र जन्म भुमी सात तालको वगैचा शहर लेखनाथमा  कविता प्रतियोगितालाई निरन्तरता दिएका छौं ।

यस लेखनाथ महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहन दिनका लागि लेखनाथ पेभेलियनमा लेखनाथ भित्र रहेका उद्योग तथा व्यवसायहरुवाट उत्पादित वस्तु तथा सर सामानलाई एउटै क्षेत्रमा राखी लेखनाथको व्यवसाय प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उदेश्य रहेको र उक्त वस्तु तथा सरसामानले दर्शक प्रर्दशकलाई अनुभव आदाप्रदान गर्नका लागि वढि भन्दा वढि फाईदा हुने अपेक्षा गरेका छौं ।

सूचना प्रबिधिका सामानहरु जस्तै मोवाईल, टेलिभिजन तथा कम्प्यूटरका समाग्रीहरु एक क्षेत्रमा डोम भित्र राखी खरिद विक्रि गर्ने प्रवन्ध मिलाईएको छ ।
महोत्सवका लागि तयार गरिएका स्टलहरु मध्ये ८५ प्रतिशत स्टल वुकिङ भईसकेको छ । यस महोत्सवमा रहने स्टलहरुमा कृषि उत्पादनलाई प्राथमिकता दिईएको छ । कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट आदि गरि जम्मा तिन सय स्टल रहने छन् । 

लेखनाथ महोत्सव २०७१ सम्वन्धी विषयलाई लिएर महोत्सव सफल पार्न विभिन्न व्यवसायीक फर्म र प्रतिष्ठान तथा सहयोगका लागि नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसंग काठमान्डौं, पोखरामा, कास्की जिल्ला स्थित वैंक, वित्तिय संस्था, व्यवसायीक फर्म र प्रतिष्ठानहरुमा सहयोगका लागि गईरहेको साथै महोत्सव सम्पन्न गर्नका लागि आवश्यकता अनुसार ४१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति, नगर स्तरिय राजनैतिक पाटीहरुलाई  समावेश गरि १२ सदस्सीय सल्लाहकार समिति काम र प्रकृतिको आधारमा तिस वटा उपसमितिहरु गठन गरिएको छ ।

अन्तमाः लेखनाथ महोत्सव सफल पार्न संचार माध्यम, पत्रकार, नागरिक समाज, बुद्धिजिवि, उद्योगी व्यवसायी, राजनैतिक पार्टीहरु, शैक्षिक संघसंस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैह्र सरकारी सघ, संस्थाहरु, महिला समुह, युवा क्लव एवं स्थानिय सामाजिक संघ संस्था, कलाकार तथा कला संस्कृतिसंग सम्वन्धित संघ संस्था लगायत सम्पुर्ण महानुभावहरु तथा शुभेच्छुक सम्र्पुणमा विगतका महोत्सवमा पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दै यस महोत्सवमा पनि विगतको जस्तै सहयोगको अपेक्षा गर्दछौं । 

सहयोगका लागि धन्यवाद ।                              
                                                                                 भरतकुमार अधिकारी
                                                                                      संयोजक 
                                                                                 प्रचार प्रसार उपसमिति

Read More

© Copyright Lekhnath Chamber of Commerce and Industry 2017