Welfare Projects and Events

एक गाउं एक उत्पादन (एर्गो टुरिजम कार्यक्रम)

आर्थिक वर्ष २०६४र०६५ देखि कास्कीमा लागु भएको यो कार्यक्रमले अन्य जिल्लामा जस्तो एक मात्र र्कषि उत्पादनलाई आफ्नोकार्यक्षेत्र नबनाई कृषि पर्यटन ९ब्नचय त्यगचष्कm० लाई कार्य क्षेत्र वनाएको छ । यस योजनाको कार्यक्षेत्र लेखनाथको तालचोक देखि वेगनासताल हुदै पचर्भया, सुन्दरीडाडा छिचोल्दै हसंपुर गा.वि.सको कफि तथा सुन्तलाको वगैचासम्म हालको लागि तोकिएको छ । जसलाई एक गांउ मानिएको छ । त्यस्तै एक उत्पादनले कृषि पर्यटन ९ब्नचय त्यगचष्कm० लाई समेटेको छ र यस अन्तर्गत माछा, मौरीपालन, दुग्ध, कफी तथा सुन्तला उत्पादनलाई प्रबद्र्धन गरि कृषि पर्यटन उधोग लाई टेवा दिने लक्ष्य लिएको छ । कार्यविधिले निर्धारण गरिएका लक्ष्य प्राप्तिका लागि कार्यक्रम कार्यान्वयन गर्नलेखनाथ उधोग वाणिज्य सघंका अध्यक्षको संयोजकत्वमा जिल्ला स्तरिय ूएक गांउ एक उत्पादनू एग्रो टुरिजम कार्यक्रम जिल्ला कार्यन्वयन समिति कास्की गठन भएको छ । त्यसै गरि एग्रो तर्फ माटा, दुग्ध, कफि र सुन्तला र टुरिजम तर्फ पर्यटन विकासका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ । ूएक गांउ एक उत्पादनू एग्रो टुरिजम कार्यक्रममा जिल्ला कार्यान्वयन समिति कास्की गठन भएको छ ।

  • सयोंजक अध्यक्ष लेखनाथ उधोग वाणिज्य सघं
  • सदस्य कार्यलय प्रमुख जिल्ला कृषि विकास कार्यलय, कास्की
  • सदस्य योजना अधिकृत जिल्ला विकास कमिति कास्की
  • सदस्य प्रमुख सहकारी डिभिजन कार्यलय
  • सदस्य सचिव कार्यलय प्रमुख लेखनाथ उधोग वाणिज्य सघं
© Copyright Lekhnath Chamber of Commerce and Industry 2017