व्यापार सहजीकरण सम्बन्धी २ दिने अभिमुखीकरण

News/व्यापार सहजीकरण सम्बन्धी २ दिने अभिमुखीकरण

व्यापार सहजीकरण सम्बन्धी २ दिने अभिमुखीकरण

लेखनाथ, ४ असार । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र ललितपुरको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित व्यापार सहजीकरण सम्बन्धी २ दिने अभिमुखीकरण तालिम लेखनाथमा सोमबार सम्पन्न भएको छ । तालिममा व्यापार व्यवसायमा भन्सार जाँचपास, भुक्तानी प्रक्रिया, ब्राण्डीङ, लेबलिङ, निर्यात प्रक्रिया, बजारको अवस्था विश्लेषण लगायतका विपषयमा अभिमुखीकरण गरिएको थियो । तालिममा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनाल, वरिष्ठ अधिकृत कृष्णराज बजगाँई र नवराज मरहठ्ठाले आ–आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले तालिमले व्यवसायीहरुलाई व्यवसायको शिलशिलामा आईपर्ने विभिन्न कठिनाईहरुको विषयमा सहज बनाउनुको साथै विभिन्न वस्तु तथा सेवालाई विविधिकरण गर्दै निकासी प्रर्वद्धनमा सघाउ पुग्ने विश्वास लिएको वताए । उक्त अवसरमा प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै विदुर बाँस्तोलाले तालिममा कतिपय नयाँ कुराहरु सिक्न पाएको र आफ्नो व्यवसायको प्रर्वद्धनमा समेत उपयोगी कुराहरु भएको वताउँदै तालिम बाट सिकेका कुराहरुलाई व्यवसायको माध्यमबाट प्रयोगमा समेत ल्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले तालिमले व्यवसायीहरु मा नयाँ नयाँ व्यापारका सम्भावनाहरुको खोजीगर्दै निकासी प्रर्वद्धनका प्रशस्त सम्भावनाहरुको समेत खोजी गर्नमा व्यवसायीहरु लाई उत्प्रेरीत गराउने वताएका थिए । सोमबार नै पोखरा महानगर पालिका सहकारी तथा उद्योग शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आधारभुत लेखा तालिम शुरु भएको छ । १० दिन सम्म सञ्चालन हुने तालिममा सि.ए.लक्ष्मण अधिकारी लगायतले प्रशिक्षण दिनेछन ।